काठमाडौं- नेपाल मेडिकल काउन्सिलले २०८० सालमा लिइने परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ।
जस अनुसार स्नातक तहमा २०८० साल जेठ १७, १८ र १९ गते, असोज १०, ११ र १२ गते र माघ १७, १८ र १९ गते प्रमाणपत्र परीक्षा (लाइसेन्स) संचालन हुनेछ।
यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा २०८० साल साउन ११ र १२ गते र मंसिर १४ र १५ गते तथा चैत्र २२ र २३ गते संचालन हुने छ।