काठमाडौं- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको सय दिने उपलब्धि सार्वजनिक गरेका छन्।
मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले सय दिने उपलब्धि सार्वजनिक गरेका हुन्।
सय दिनमा स्वास्थ्यमा विशेष अनुदानतर्फको ग्रामीण आमा स्वास्थ्य सुरक्षा कार्यक्रमको कार्यक्रम कार्यान्वयन पुस्तिका मन्त्रालयबाट स्वीकृत भई चालु आर्थिक वर्षमा कार्यक्रम बिस्तार भएका जिल्लाहरु झापा, धनकुटा, ओखलढुङ्गा, पाँचथर र सोलुखुम्बुका स्वास्थ्य कार्यालयहरुबाट कार्यक्रम सञ्चालन हुने सम्बन्धित जिल्लाका स्थानीय तहमा रहेका बर्थिङ सेन्टर मार्फत कार्यक्रम लागु गरिएको उल्लेख छ।
यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क माइक्रोबायोलोजी र ब्याक्टेरियोलिजी, कोगुलेसन प्रोफायल एचपीभी, डिएनए परिक्षण सेवा सुरु गरिएको उल्लेख छ।
यस्तै प्रदेशका सोलुखम्बु, ओखलढुङ्गा, तेह्रथुम, झापा र मोरङ्ग जिल्लामा कालाजार सर्भिलेन्सको कार्य सुरु गरिएको उपलन्धिमा उल्लेख छ।
जिल्ला अस्पतालहरुबाट निःशुल्क गर्भवती जाँच सेवा कार्यक्रम सञ्चालन प्रारम्भ गरिएको,
प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी दरबन्दीमा करार कर्मचारी छनौट प्रकृया अघि बढेको, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरु मार्फत नागरिक आरोग्य कार्यक्रमको जिल्लास्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन कार्यक्रम सम्पन्न भएको लगाएत उपलब्धि सार्वजनिक गरिएको छ।
हेर्नुहोस् सय दिनका उपलब्धि