काठमाडौं- नेपाल चिकित्सक संघले डा डा तरन्नुम अफरोजमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बैशाख नारायणी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अफरोजमाथि बिरामीको शल्यकृया पश्चात ड्युटीमै रहेको अवस्थामा आफन्तहरुद्वारा गालिगलौज तथा सांघातिक आक्रमण गरेको घटना प्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
'बिरामीको उपचारका क्रममा मृत्यु हुने घटनालाई अतिरञ्जित गरी लापरबाहीका कारण भनि स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक माथि नै सांघातिक आक्रमण गर्ने जस्ता घटनाको जति भत्सर्ना गरे पनि कमै हुन्छ' संघको वित्रप्तिमा भनिएको छ, 'स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा उपचारको क्रममा सबैजनाको जिवन बचाउन सकिन्छ भन्ने हुँदैन। चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो क्षमता, योग्यता र अनुभवको आधारमा अधिकतम प्रयास गर्दा गर्दै पनि मृत्युलाई रोक्न सक्ने आदित्य क्षमता नहुने व्यहोरा स्मरण गराउदै दोषीहरुलाई कानुनी कारवाही गर्न माग गर्दछौं।'