काठमाडौं- चिकित्सा शिक्षा आयोगविरुद्ध मेडिकल विद्यार्थीहरु आन्दोलित छन्। आयोगले योग्यताक्रम अनुसार विद्यार्थी भर्ना नगरेको विरोधमा उनीहरुले आन्दोलन गरेका हुन्।
सरकारले बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने लगायतका माग उनीहरुले राखेका छन्।
आन्दोलनरत विद्यार्थीमध्ये स्वास्थ्यखबरले केही विद्यार्थीसँग उनीहरुको माग र समाधानका उपायका विषयमा कुराकानी गरेको छ।
हेरौं विद्यार्थीले व्यक्त गरेको धारणा भिडियोमा: