काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन्। आज पनि स्वास्थ्यमन्त्री नियुक्ती हुन सकेको सकेन। प्रधानमन्त्री प्रचण्डसँग स्वास्थ्यसहित अझै चार मन्त्रालय छन्।
सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।