धनगढी– सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा उपचाररत कोरोना संक्रमित १ महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएकी ७३ वर्षीया महिला छन्। उनको उपचारका क्रममा आइतबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
उनी चैत २४ गते मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन। २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।