काठमाडौं– बिहीबार नेपालमा १०६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २६ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४८८ जनाको नमुना परीक्षण गरिएको थियो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन्। मंगलबार र बुधबार कोरोनाबाट एक/एक जनाको मृत्यु भए पनि बिहीबार भने कसैको पनि मृत्यु भएको छैन। हाल २७ जना आइसोलेसनमा रहेका छन् भने १२ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन्।