काठमाडौं - नर्भिक इन्टरनेशनल अस्पतालले ३० औं वार्षिकोत्सवको अवसरमा विशेष छुट दिने भएको छ। अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट दिने भएको हो।
अस्पतालले पत्रकार सम्मेलन गरी लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत, आइभिएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा पनि ३० दिनका लागि ३० प्रतिशत छुट दिने जानकारी दिएको छ।
अस्पतालले वैशाखमा काठमाडौं र काठमाडौं बाहिर गरी चार वटा स्वास्थ शिविर सञ्चालन गर्ने अस्पताल सन्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले जानकारी दिए।
अस्पतालले निर्माण भइरहेको भवनमा सेवा विस्तार गर्ने योजना बनाइरहेको समेत जानकारी दिएको छ। हाल भाडामा लिइएको सरकारी जग्गामा सञ्चालित अक्सिजन प्लान्ट, जेनेरेटर सेवा र मुर्दाघर निर्माण हुन लागेको भवनमा स्थानान्तरण गर्न लागिएको छ।