काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मतगणना सम्पन्न भएको छ।
वस्तुगत सदस्यमा स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सर्जिकल सप्लायर्स एसोसियएसन अफ नेपाल (केमसान) को प्रतिनिधित्व गर्दै निर्वाचनमा भाग लिएका केमसानका अध्यक्ष भक्त बहादुर हमाल विजयी भएका छन्।
कूल १४ जना सदस्य हुने व्यवस्था रहेकामा २८ जनाको उम्मेदवारी परेको थियो। यसमध्येबाट सबैभन्दा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका हुन्।
हमालले ७२ मत ल्याउँदै जित हासिल गरेका हुन्। हमाल यसअघि पनि सदस्यमा विजयी भएका थिए।
हमाल मिलनसार र निर्णय लिन सक्ने व्यक्तिका रुपमा चिनिन्छन्।
महासंघको वरिष्ठ उपाध्यक्षको नतिजा भने आइसकेको छैन। वरिष्ठ उपाध्यक्षमा औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठसहित रामचन्द्र संघाइ र अन्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्।