सिरहा– प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायलाइसिस गराइरहेका एक जना बिरामीको मृत्यु भएको छ।
सिरहाको बरियापट्टी गाउँपालिका–खोक्सीका ६५ वर्षीय प्रदीपकुरमा दासको मृत्यु भएको हो। डायलाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएको थियो। उक्त क्रममा डायलाइसिसका लागि रगतको कमी हुँदा रगत चडाइरहेका दासको स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाएका थिए। क्याब नलगाउँदा अत्यधिक रक्तश्रापका कारण दासको मृत्यु भएको हो।
आगलागीपछि उक्त वार्डमा भागाभाग भएको थियो। आगलागीको समयमा उक्त वार्डमा आठ जना बिरामीको डायलाइसिस हुँदै थियो। पहिलेदेखि नै दासले डायलासियस गराइरहेको तथा सिकिस्त रहेका कारण दासको मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी अशोक सिंहका अनुसार जेनेरेटरमा डायलाइसिस गराएरहेका बिरामीलाई आकस्मिक उपचार कक्षमा लगिएको थियो। आकस्मिक कक्षमा नै दासको मृत्यु भएको सिंहले बताए। आगलागीपछि अन्य वार्डमा रहेका बिरामीहरुको पनि भागाभाग भएको थियो।