काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरूलाई पहिलोको पछाडि दौडाउनु नहुने बताएका छन्।
बुधबार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरूलाई पहिलोको पछाडि दौडाएर चिन्ता थुपार्नु नहुने बताएका हुन्।
उनले बालबालिकाहरूलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिइ चिन्ता पैदा गर्दा उनीहरूको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताए।
उनले बालबालिकाहरूलाई जीवन रमाइलो छ र जीवनमा अझै धेरैकुरा सिक्न बाँकी छ भन्ने कुराका सिकाउन जरुरी रहेको उल्लेख गरे।
महामन्त्री थापाले विद्यार्थीहरूले आफ्नो सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने सुझाए।