काठमाडौं- चिकित्सा शिक्षा अध्यापन हुने देशका प्रमुख चार शैक्षिक संस्थाका आवासीय चिकित्सकहरुले योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था लागू गर्न माग गरेका छन्।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत त्रिवि शिक्षण अस्पतालमा रहेको नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रेजिडेन्ट एसोसिएसन अफ न्याम्स, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेजडेन्ट डक्टर्स वेलफेर सोसाइटीले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै योग्यताक्रम लागू गर्न भनेका हुन्।
उनीहरुले चिकित्सा शिक्षामा योग्यताक्रम लागू गर्न गराउनका लागि आवश्यक पर्ने जुनसुकै सामुहिक विरोधका कार्यक्रमहरुमा पूर्ण समर्थन रहेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा विद्यार्थी भर्नाका क्रममा योग्यताक्रम लागू नगरेको विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन्। माइतीघर मण्डलामा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन्।
आयोगले लिने एकीकृत प्रवेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरुले योग्यताक्रम अनुसार कलेज छनोट गर्न पाउने छन्। तर आयोगले योग्यताक्रम मिचेर योग्ताक्रममा पछाडि रहेकालाई विभिन्न प्रलोभनमा राम्रो कलेज र विषय छनोटका साथै छात्रवृत्ति समेत उपल्बध गराइरहेको विद्यार्थीहरुको गुनासो छ।
हेरौं आवासीय चिकित्सकहरुको विज्ञप्ति