काठमाडौं- पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमितको संख्या बढीरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्याकामा संस्थागत आइसोलेसनमा २४ जना संक्रमित उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्याकामा १३ जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ। गम्भीर संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको समेत मन्त्रालयको तथ्यांकले देखाएको छ। तथ्यांक अनुसार भेन्टिलेटरमा पाँच जना संक्रमितको उपचार भइरहेको छ।
मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ६ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको समेत मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोभिडका कारण १२ हजार २१ जनाको मृत्यु भएको छ।
यो पनि :
रुघाखोकीसँगै ज्वरो आएको छ? कोभिडको नयाँ भेरियन्ट पनि हुनसक्छ!
कोरोना संक्रमण: स्वाद र गन्ध थाहा नपाउने लक्षणको कमब्याक?