काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा योग्यताक्रम विपरित विद्यार्थी भर्ना गरिरहेको भन्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
सर्वोच्च अदालतको आदेश विपरित आयोगले एमडी/एमएसमा धमाधम भर्ना प्रक्रिया अगाडि बढाएको विरोधमा विद्यार्थीहरुले माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका हुन्।
उनीहरुले 'दादा (गिरी) बन्द गरौं, सर्वोच्चको फैसलाको कदर गरौं', 'मेरिटोक्रेसी कता छ हामी यता छौं', 'हिजो हजुरहरूको पीडामा हामी मलम बन्यौ आज हाम्रो दुखमा हजुर कलम बनिदिनुस्', 'मिहेनत र मेरिटको सम्मान गर' लगायतका नारा लगाएका थिए।
यो पनि:
योग्यताक्रम माथि चिकित्सा शिक्षा आयोगको नाङ्गो नाँच !
सर्वोच्च अदालतले गरेको फैसलालाई चिकित्सा शिक्षा आयोगले ठाडै अवज्ञा गर्यो