भरतपुर- चितवनस्थित भरतपुर अस्पतालको नाममा कोरोना भाइरसको पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाउने गरिएको तथ्य फेला परेको छ। अस्पताल प्रशासनले नै नक्कली रिपोर्टहरु बनिरहेको तथ्य फेला पारेपछि अनुसन्धान गर्न प्रहरी समक्ष निवेदन दिएको छ।
अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गर्दै नक्कली पिसिआर रिपोर्टहरु बनाउने गरिएको भन्दै अस्पतालले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाउँदै अनुसन्धान गर्न भनेको छ।
अस्पतालमा गत माघ १३ गतेदेखि पिसिआर परीक्षणको काम रोकिएको छ। तर बाहिर भने अस्पतालको नाममा पिसिआरको रिपोर्ट भेटिन थालेपछि अनुसन्धान अगाडि बढाउन भनिएको हो।
अस्पतालमा एन्टिजेन परीक्षण भने हुँदै आइरहेको छ।