मांसपेशी मजबूत बनाउन केही घण्टा जिममा बिताएर मात्र हुँदैंन, सही डाइट योजना पनि आवश्यक हुन्छ। खानपानमा राम्ररी ध्यान दिएमा मांसपेशी मजबूत हुनुका साथै शरीर आन्तरिक रुपमा समेत बलियो बन्छ। यहाँ मांसपेशी मजबूत बनाउन सहयोग गर्ने केही खानाका बारेमा उल्लेख गरिएको छ :
गोलभेंडा : गोलभेंडामा लाइकोपीन नामक पदार्थको मात्रा धेरै हुन्छ। लाइकोपीन बिरुवामा पाइने एक प्राकृतिक रासायनिक पदार्थ हो। यो आफ्नो एन्टिअक्सिडेन्ट गुणका लागि प्रसिद्ध छ। यसले प्रोस्टेट, फोक्सो र पेटको क्यान्सर निको पार्न मद्दत गर्छ। यसका साथै अनुहारमा कान्ति ल्याउन पनि गोलभेंडा लाभदायी हुन्छ।
अण्डा : मांसपेशी मजबूत बनाउनुछ भने अण्डालाई नियमित भोजनमा समावेश गर्नुपर्छ। अण्डामा एमिनोएसिड पाइन्छ। साथै यसको पहेंलो भागमा प्रोटिन र ल्यूटेनजस्ता तत्व हुन्छन्, जसले शरीरलाई बलियो बनाउछ।
ड्राइ फ्रुट्स : ड्राइ फ्रुट्स तथा बदाममा भरपूर मात्रामा प्रोटिन पाइन्छ। अधिकांश डाइटिसियन शरीर बनाउन ड्राइ फ्रुट्स सेवन गर्न सुझाव दिन्छन्। यसलाई काँचै या भुटेर खान सकिन्छ। यसमा चिल्लो पदार्थ, फाइबर, भिटामिन, एन्टिअक्सिडेन्ट पाइन्छ, जसबाट मांसपेशी मजबूत हुन्छ।
उमारिएको अन्न : उमारिएको अन्न स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। यो पोषक तत्वले भरपूर हुन्छ। साथै यो जिंकजस्ता पोषक तत्वको स्रोत पनि हो, जो पुरुषमा कमजोरी तथा नपुसंकताको समस्या कम गर्न सहायक साबित हुन्छ र मांसपेशी पनि मजबूत पार्छ।
बदाम : बदाममा जिंकका साथै भरपूर मात्रामा अम्ल पाइन्छ। यस्तो अम्ल लाभकारी हुन्छ। यसको सेवनले पुरुषमा आउने कमजोरी हट्छ।
लसुन : लसुनको सेवन पनि फाइदाजनक हुन्छ। लसुनमा एन्टिब्याक्टेरियल तथा एन्टिभाइरल तत्व पाइन्छ, जसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउछ। साथै यसमा एन्टिअक्सिडेन्ट गुण पनि पाइन्छ।
ब्रोकाउली : ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ। यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पुर्याउछ। यसमा भिटाभिन सि हुने भएकाले स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ।
ग्रीन टी : ग्रीन टीको सेवन निकै राम्रो मानिन्छ। ग्रीन टीमा पोलिफिनाइल प्रचूर मात्रामा पाइन्छ, जसले क्यान्सर रोक्छ। ग्रीन टी दिनहुँ सेवन गर्नाले पेट तथा कलेजोको रोग निको हुन्छ।
आँप र मेवा : आँप र मेवा दुवैमा प्रचूर मात्रामा भिटामिन ए पाइन्छ। आँपमा एमिनो एसिड, भिटामिन ए, सि, इ, नियासिन, भिटाकेरोटिन, आइरन, क्याल्सियम र पोटासियम पाइन्छ। मेवामा भने पर्याप्त मात्रामा भिटामिन बि, सिका साथै एन्टिअक्सिडेन्ट पाइन्छ। यी दुवै फलको बोक्रामा बायोफ्लाबेनोइड पाइन्छ। यिनीहरूलाई आफ्नो डाइटमा सामेल गर्नु जरुरी हुन्छ।
क्याप्सिकम (भेंडे खुर्सानी) : यो पनि लाभदायी हुन्छ। केही अनुसन्धानअनुसार रातो क्याप्सिकममा सुन्तलाको रसको तुलनामा तीन गुणा बढी भिटामिन हुन्छ। यसैले फ्ल्यावोनोइड्सका लागि रातो क्याप्सिकम प्रभावी हुन्छ।
अनार : अनारको जूस डाइटमा सामेल गर्नुपर्छ। दैनिक एक गिलास अनारको जूस पिउनाले पुरुषको प्रोस्टेट समस्या नहुन धेरै मद्दत गर्छ।
कोदो : कोदो क्याल्सियमको सबैभन्दा ठुलो स्रोत हो। यसले पुरुषमा ओष्टियोपोरोसिसबाट बचाउँछ। यसका साथै यो जिंक तथा रेशाको राम्रो स्रोत पनि हो। यसको नियमित सेवनले डाइबिटिज तथा मोटोपनबाट समेत बच्न सकिन्छ।
फर्सी : फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ। यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ।
सोया : सोयामा हुने आइसोफ्लाईवोन्सले प्रोस्टेट हुनबाट जोगाउछ। यसले प्रोस्टेट क्यान्सरको खतरा कम गर्छ। दिनहुँ २५ ग्राम सोया प्रोटिनको सेवनले कोलेस्टेरोलको स्तर पनि कम गर्छ।
कम चिल्लोयुक्त दुग्ध उत्पादन : कमचिल्लोयुक्त दुग्धपदार्थ दूध, दही, महीजस्ता पदार्थमा प्रोटिनको मात्रा अधिक हुन्छ। एक कप दूधमा करीब ८ मिलिग्राम कार्निटिन पाइन्छ। दूधबाट बन्ने चिजमा क्याल्सियम, भिटामिन भएजस्ता आवश्यक पोषक तत्व मौजूद हुन्छ। यसका अलावा यसमा कार्बोहाइड्रेट तथा भिटामिन डी पनि राम्रो पाइन्छ, जसबाट मांसवेशी मजबूत हुन्छ।
फल तथा तरकारी : मांसपेशीलाई मजबूत पार्न फल तथा तरकारी भरपूरमात्रामा सेवन गर्नुपर्छ। यसमा भिटामिन, मिनरल्स तथा कैयौं पोषकतत्व तथा प्रोटिन पाइन्छ।
खानेकुरासँगै व्यायामको उत्तिकै आवश्यक छ। हरेक खाना ठिक्क मात्रामा सेवन गर्नुपर्छ। खानासँगै शारीरिक सक्रियता तथा व्यायाम गर्ने हो भने शरीर मजबुत र स्वस्थ रहन्छ।
(एजेन्सी)