काठमाडौं- राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन्। एसोसिएशनको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सभाले एसोसिएशनको वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको छ। त्यस्तै उपाध्यक्ष (पुरुष)मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला)मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जिव कुमार यादव, उपाध्यक्ष (मधेस प्रदेश) मा संजय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादब, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा शालिक राम भुसाल, उपाध्यक्ष (कर्णाली प्रदेश) मा डा. शंकर प्रशाद रिजाल, उपाध्यक्ष (सुदुरपश्चिम प्रदेश) मा लोकराज भट्ट चयन भएका छन्।
त्यसैगरी महासचिवमा हृदय नारायण चौधरी, सचिव (पुरूष) मा नारायण खतिवडा, सचिव (महिला) जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा रामबाबु यादव चयन भएका छन्।
सभाले खुल्ला सदस्यहरुमा किरण न्यौपाने, डा. विवेक गुप्ता, डा. राम पुकार यादव, सदस्य (खस आर्य)मा गीता देबी दाहाल, सदस्य (मधेसी) मा ईन्द्रजित कुमार यादव, सदस्य (महिला) मा आरती कुमारी चौधरी, सदस्य (दलित) मा धर्विन्द्र बहादुर सार्की, सदस्य (जनजाती) मा ओमराज लिम्बू रहेका छन्।
क्रान्ती भट्टराई संयोजक तथा डा शंकर गौतम, नरबहादुर ठकुरिब, डा चन्द्रनारायण झा र महेन्द्रराज बज्राचार्य सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको भूमिका निर्वाह गरेको थियो।
रान आयुर्वेद क्षेत्रको राष्ट्रियस्तरको छाता संस्था हो। यसमा देशभरकै आयुर्वेदिक चिकित्सक, स्वास्थ्यकर्मी, उत्पादक कम्पनी तथा आयुर्वेदिक औषधी ब्यबसायीहरु समेटिएका छन्। हाल रानमा १००० को हाराहारीमा सदस्य रहेका छन् भने यो संख्यालाई बृद्धि गर्दै देशैभरका आयुर्वेदकर्मीलाई समेट्ने लक्ष्य राखेको छ। कार्यक्रममा भने ४०० को हाराहारीमा आयुर्बेदकर्मीहरुको उपस्थिति रहेको थियो।