काठमाडौं - ललितपुरको लुभुमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ४८६ बिरामी लाभान्वित भएका छन्। अरनिको समाज र महालक्ष्मी उद्योग वाणिज्य संघको आयोजनामा भएको शिविरबाट बिरामीहरु लाभान्वित भएका हुन्।
शिविरमा सेवा स्पीच एण्ड हियरिङ्ग क्लिनिकबाट इएनटी विशेषज्ञ डा लिजन महर्जन र डा बिगेस मान शाक्यले १२५ जना बिरामीहरुको जाँच तथा श्रवण परीक्षण गरेका थिए। मेसिनद्धारा सुनाईको जाँच तथा श्रवण यन्त्र प्रयोग गर्नुपर्ने बिरामीलाई विशेष छुटको पनि व्यवस्था गरिएको छ।
शिविरमा मुटु रोग, बाल रोग, शल्यचिकित्सा, दन्त, इएनटी, न्यूरो, स्त्रीरोग, छाला रोग, आँखा रोग, पेट रोग सम्बन्धी विशेषहरुको उपस्थिति थियो।