काठमाडौं- क्यान्सर सर्भाइभर र्याम्प शोको तेस्रो श्रृङखला सम्पन्न भएको छ।
नेपाल क्यान्सर अस्पतालको आयोजना, नेपाल क्यान्सर सपोर्ट समूह र उपचारका लागि सहयोगी हातहरु नेपालको सहयोगमा शो सम्पन्न भएको हो।
क्यान्सरको उपचार सम्भव छ र क्यान्सर भएपछि पनि जीवन छ भन्ने मुल नाराको साथ उक्त र्याम्प शो आयोजना गरिएको हो।
उक्त शोको कोरियोग्राफ मोडेल डोली गुरुङले गरेकी हुन्। कार्यक्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपालमै क्यान्सरको उपचार सम्भव रहेको बताए।
त्यस्तै डा दिलिप भट्टराईले व्यस्त जिवनशैली, अस्वस्थ खाना, धुम्रपान,मद्यपान लगायतको प्रयोगले क्यान्सरका बिरामी बढिरहेको बताए।
कार्यक्रमा मिस नेपाल २०२२ प्रियंका रानी जोशीसहित अन्य कलाकारहरूको समेत उपस्थिती रहेको थियो।
शो मा चिकित्सकसहित क्यान्सर जितेकाहरूले र्याम्प वाक गरेका थिए। यसअघि शोको दुई सिजन भइसकेको छ। कोरोनाको कारण उक्त शो रोकिएको थियो।
शोबाट उठेको रकम न्यून आय भएका क्यान्सरका बिरामी लागि खर्च गरिने आयोजकले जनाएको छ।