काठमाडौं- नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगले मेरिटोक्रेसीको सिद्धान्त विपरित र प्राग्माटीजमको मर्म मिच्ने गरी प्रथम म्याचिङ गरेको भन्दै आपत्ति जनाएको छ।
महासचिव डा सन्जिव तिवारीद्वारा बिहीबार जारी विज्ञप्तिमा मेरिटोक्रेसीको सिद्धान्त विपरित गरिएको म्याचिङ प्रणालीले समग्र विद्यार्थीहरुलाई योग्यता तथा प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट बञ्चित हुने अवस्थाको सिर्जना गरिएको जनाएको छ।
संघले चिकित्सा शिक्षा आयोगलाई मेरिट लिष्टमा समावेश भएका उम्मेदवारहरुलाई अपग्रेडको अवसरबाट बच्चित नगर्न आग्रहसमेत गरेको छ।
चिकित्सा शिक्षा आयोगले सफल उम्मेदवारहरुको मनोबल उच्च पार्दै सहजीकरणको भूमिका निर्वाह गर्नुको सट्टा योग्य उम्मेदवारहरुलाई जोखिम मोल्नुपर्ने भनी हतोत्साही गरिनु अदालतको फैसलाको भावना र मर्म विपरित हुनेसमेत जनाएको छ।