काठमाडौं- सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ। बिहीबार सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन्।
साझा न्यूनतम कार्यक्रममा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ।
यस्तै स्वास्थ्यमा जनताको सरल र सहज पहुँच स्थापित गर्न स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरूलाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुऱ्याउने, सबै प्रदेशहरूमा विशिष्टिकृत अस्पताल स्थापना गर्ने, स्वास्थ्य बिमाको व्यवस्थालाई प्रभावकारी बनाउने उल्लेख छ।
उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मिर्गौला, कलेजो र महिलाहरूको पाठेघरसम्बन्धी रोगको उपचारका लागि सरकारले दिई राखेको सहयोगको दायरा विस्तार गर्ने साझा न्यूनतम कार्यक्रममा उल्लेख छ।
पूर्णपाठ