काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर बुधबार शीतल निवास फर्किएका हुन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या थियो।
पेटमा समस्या भएपछि पौडेल शुक्रबार पनि अस्पताल पुगेका थिए। राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।
यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्ने सबैमा धन्यवाद व्यक्त गरेका छन्।