काठमाडौं- उच्च अदालत पाटनले निजामति कर्मचारी अस्पतालका कर्मचारीले हालेको रिटमा अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ।
उच्च अदालतका न्यायाशीयहरु ध्रुवराज नन्द र दिपेन्द्रबहादुर बमको संयुक्त इजलासले निवेदन शीध्र सुनुवाइ भई निरोपण हुनुपर्ने भएकाले अन्तरिम आदेश दिनु नपर्ने उत्प्रेषण आदेश दिएको हो।
सिभिल अस्पतालमा स्थायी पदका लागि लोकसेवा आयोगले गत फागुन ३० गते विज्ञापन खुलाएको थियो। उक्त विज्ञापन सर्वोच्च अदालतले २०७९ जेठ ३१ गते दिएको आदेशको मर्मवीपरीत रहेको जिकिर गर्दै अस्पतालका कर्मचारीहरुले उक्त विज्ञापन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाइ रिट दायर गरिएको थियो।
अदालतले रिट निवेदनलाई अग्राधिकार दिँदै अन्रिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो।
६ बुँदे सहमतिपछि निजामती कर्मचारी अस्पतालको आन्दोलन फिर्ता