काठमाडौं- सरकारले नेपालगञ्जस्थित भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आङ्गिक अस्पतालको रुपमा राख्ने निर्णय गरेको छ।
गत १० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अस्पतालको रुपमा सञ्चालित चितवनको भरतपुर र नेपालगञ्जको भेरी अस्पताललाई न्याम्सको आङ्गिक अस्पतालको रुपमा सञ्चालन गर्दै शैक्षिक कार्यक्रम अघि बढाउन स्वीकृत दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा भरतपुर र भेरी अस्पताललाई न्याम्सको आङ्गिक अस्पताल बनाउदै न्याम्सको शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय भएको हो।