काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन्।
सोमबार नेकपा एसको केन्द्रीय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले मानव जातिको लागि रगतको आवश्यकता महत्त्वपूर्ण रहने बताए। उनले अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरू दान गर्न सक्नुपर्ने बताए।
‘मानव जीवनका लागि रगत अत्यन्त आवश्यक छ। रगत दान मानिसको प्राण जोगाउने माध्यम हो। रगत दिएर अरुको ज्यान बच्नसक्छ। आयु लम्बिन सक्छ। शरीरका कुनैपनि अंगहरू दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ।’
अध्यक्ष नेपालले सो अवसरमा युवाहरूलाई रक्तदानका लागि अपिलसमेत गरे।