काठमाडौं - नेपाल फार्मेसी परिषदले २२ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को लागि आवेदन खुला गरेको छ।
परिषदले सूचना जारी गर्दै फर्मासिस्ट एवं फार्मेसी सहायकको २२ औँ लाइसेन्स परीक्षाका लागि चैत २१ गतेदेखि वैशाख २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
आवेदन दिनका लागि दस्तुर, नागरिकताको प्रमाणपत्र, प्रवेशिकादेखि हालसम्मको शैक्षिक योग्यताको सबै प्रमाणपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। कुनै पनि कागजात प्रमाणीकरण नभएको अवस्थामा ती आवेदनहरु स्वतः रद्द हुने परिषदले जनाएको छ। आवेदन फारम परिषदको वेबसाइडमा गएर पनि भर्न सकिने व्यवस्था परिषदले गरेको छ।
यसअघि फार्मेसी सहायक तर्फको २१ औँ लाइसेन्स परीक्षामा १६ दशमलव ५० प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए।