काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी त्यहाँ उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार रातिदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। पेटको दुखाइका कारण उनलाई राति ७ बजेतिर अस्पताल लगिएको थियो।