काठमाडौं- थाइराइड क्यान्सरको उपचार सम्बन्धी दुईदिने कार्यक्रम राजधानीमा सुरु भएको छ।ल्यारिङगोलोजी एण्ड थाइराइड एसोसियएसनले शुक्रबार औपचारिक कार्यक्रम गर्दै शनिबार र आइतबार थाइराइड क्यान्सरका विषयमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो।
निरन्तर चिकित्सा शिक्षा (सिएमई) अन्तर्गतको उक्त कार्यक्रममा थाइराइड क्यान्सरको पहिचान,निदान र रोकथामका विषयमा केन्द्रीत नयाँ विषय र अनुभवहरु साटासाट हुने छ।
कार्यक्रममा नेपालसहित भारत र नेदरल्यान्डबाट आएका विज्ञ चिकित्सकहरुको सहभागिता रहने छ।
दुई दिने कार्यक्रम अन्तर्गत शनिबार वीर अस्पतालमा थाइराइड क्यान्सरको अपरेशनबारे जानकारी गराउने र अपरेशन गरेको प्रत्यक्ष प्रसारण समेत गरिने नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले जानकारी दिए।
उनका अनुसार आइतबार भने नेपाल मेडिसिटि अस्पतालमा थाइराइड क्यान्सरबारे अन्तरक्रिया र समुहगत छलफल हुनेछ।