काठमाडौं- देशभर थप ४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थय तथा जनसंख्या मन्त्रालयले यो गत तीन दिनको एकमुष्ठ विवरण भएको जनाएको छ।
आज थप १७ जना संक्रमणमुक्त भएका छन्। देशभर १२३ सक्रिय संक्रमित रहेका छन्।