काठमाडौं- सत्ता गठवन्धनले मन्त्रालय भागवन्डा टुंगाएको छ। हालसम्मको सहमतीमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपा २, लोसपा १ पाउने भएको सहमती भएको छ।
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ। कानुनमा माओवादीले पनि दाबी गरिरहेको छ।
माओवादीले उपप्रधानसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो । एकिकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ।
नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको सहमती भएको छ।
यी मन्त्रालयमा सके सबै नभए केही मन्त्रालयमा आजै सपथ गराउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्। अन्तिम समयमा केही मन्त्रालय हेरफेर पनि हुन सक्ने स्रोतले बतायो।
स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परे पनि मन्त्रीको नाम भने अझै टुंगो लागेको छैन।