काठमाडौं- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन्।
बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ।
मन्त्रिपरिषद विस्तार नहुँदा स्वास्थ्य मन्त्रालय मन्त्रीविहीन छ। मन्त्रालयको संख्या टुंगिएपनि स्वास्थ्य मन्त्रालय कसले पाउने भन्ने तय भइसकेको छैन।
'मन्त्रालयको संख्याका विषयमा सहमति भएको छ। तर स्वास्थ्य मन्त्रालय कुन दलको भागमा पर्छ भन्ने अझै भन्न सकिने अवस्था छैन,' सत्ता गठबनधनका एक नेताले भने।