काठमाडौं– सत्ता साझेदार दलहरुबीच बुधबार पनि मन्त्रालय बाँडफाँट टुंगिन सकेन।
बुधबार बालुवाटारमा बसेको बैठकमा सत्तासझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको कुरामा सहमति नभएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार भोलि दिउँसोसम्म टुंग्याएर साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ।
‘भोली बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुन्छ। १० दलबीच मन्त्रालय भागबण्डा करिब सबै कुरा मिल्यो। अब पार्टीहरुभित्र छलफल गरेर भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ,’ श्रेष्ठले भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक सबै दलहरु भाग लिन्छन्।’