काठमाडौं- मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्यामा दलहरूले आ-आफ्नै अडान राखेपछि सहमति हुन नसकेको हो।
मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई ८ र आफ्नो दल नेकपा (माओवादी केन्द्र) लाई ५ मन्त्रालयलको प्रस्ताव गरेका थिए।
उनले संसदको चौथो ठूलो दल रास्वपालाई ३ मन्त्रालयको प्रस्ताव गरेका थिए। त्यस्तै प्रचण्डले नेकपा (एकीकृत समाजवादी)लाई २ मन्त्रालयको प्रस्ताव गरेका छन् भने जनता समाजवादी पार्टीलाई समेत २ मन्त्रालय दिने प्रचण्डको प्रस्ताव छ।
जनमत पार्टीलाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, लोसपfलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्री बनाउने प्रचण्डको प्रस्ताव छ।