काठमाडौं- सरकारले भरतपुर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आंगिक शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ।
मन्त्रिपरिषदको १० गते बसेको बैठकले भरतपुर अस्पताललाई न्याम्सको आंगिक शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्ने सहमति दिने निर्णय गरेको हो।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले मन्त्रिपरिषदको उक्त निर्णय ऐतिहासिक भएको भन्दै सबैलाई बधाई दिएकी छिन्। 'भरतपुर संघीय अस्पताललाई मन्त्रिपरिषदको मिति २०७९/१२/१० को निर्णय अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक शिक्षण अस्पतालको रुपमा संचालन गर्न सहमति दिने ऐतिहासिक निर्णय भएकोमा हामी सबैलाई बधाई छ। चितवनबासीको यो सपना साकार गर्ने सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्युलाई विशेष धन्यवाद,' दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्।