काठमाडौं- मधेस प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्थापना हुने भएको छ।
प्रदेश मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको नाम हेरफेर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कायम गर्ने निर्णय गरेको हो।
मन्त्रालयको नाम हेरफेर तथा समायोजन भएपनि प्रमाणीकरण हुन भने बाँकी छ। उक्त प्रदेशमा स्वास्थ्यसँगै ११ वटा मन्त्रालय कायम हुने भएका छन्।
मधेस प्रदेशमा अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहनेछन्।
साथै भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय रहनेछन्।