काठमाडौं- हेल्पिङ हेन्डस युएसए र 'सह-सेनानि स्व डा रेविता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा आयोजना गरेको फ्री भिलेज मेडिकल क्याम्प सम्पन्न भएको छ।
उक्त स्वास्थ्य शिविरमा करिब ११ सय स्थानीय सर्वसाधारणले नि:शुल्क सेवा लिएका थिए भने स्वास्थ्य जांच गराउन आएका बिरामीहरुलाई निशुल्क औषधि र करिब ४ सय जना आँखा कम देख्ने स्थानीयलाई चस्मा समेत निशुल्क प्रदान गरिएको थियो।
फ्री भिलेज मेडिकल क्याप आयोजना गर्न हेल्पिङ हेन्ड्सका अन्तर्राष्ट्रिय अध्यक्ष वरिष्ठ समाजसेवी नारायण श्रेष्ठ, नेपाल फिल्म सोसाइटी युएसए/ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष कलाकार नवराज श्रेष्ठ तथा स्व डा रेविता पाठक ट्रष्टको तर्फबाट समाजसेवी हेडम पाठक, सुनिल पाठक एजेन्सी अल स्टेटका सिईओ सुनिल पाठकको उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरमा न्युजिल्यान्डका स्त्रीरोग विशेषज्ञ डा जेमि, फिजिसियन डा टेरी लगायत नेपाली चिकित्सकहरुले सेवा प्रदान गरेका थिए।