काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा दुई जना बढुवा भएका छन्। सरकारले डा विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीका अनुसार मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीन जनामध्ये डा देवकोटा र डा बाराकोटीलाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिए।
मन्त्रिपरिषदले निर्णय गरे पनि उनीहरुले अहिलेसम्म पत्र भने बुझिसकेका छैनन्।
मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए। तीमध्ये बढुवा समितिले डा देवकोटा, डा बाराकोटी र डा श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।
१२औं तहमा बढुवा भएकामध्ये डा देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत छन् भने डा बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत छन्।