काठमाडौं- नेपाल नर्सिङ संघले पनि निजामती कर्मचारी अस्पतालको विज्ञापनप्रति आपत्ति जनाएको छ।
अधयक्ष मन कुमारी राईद्वारा जारी विज्ञप्तिमा विगतका विभिन्न सम्झौताहरुको उचित समाधान नभएकोले हा आन्दोलनको अवस्था सिर्जना भएको भन्दै ती मागहरु सम्बोधन गर्न माग गरिएको छ।
अस्पतालमा लामो समयदेखि कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन आन्दोलनरत नर्स लगायत स्वास्थ्यकर्मीहरुको मागहरु यथाशिघ्र सम्वोधन गरी आउँदा दिनहरुमा मागहरु राखि आन्दोलन गर्नुपर्ने वातावरणको अन्त्य गर्न पनि माग गरिएको छ।
साथै सो खारेजी गरी सबै समस्या सम्बोधन हुने गरी पुनः विज्ञापन प्रकाशित गर्न पनि संघले माग गरको छ।