काठमाडौं- काठमाडौं महानगरले स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्ने भएको छ।
महानगरपालिकाले सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्र सरकारी, सामुदायिक, सहकारी र निजी स्तरबाट सञ्चालनमा रहेका विभिन्न प्रकृतिका स्वास्थ्य संस्थाहरूको यथार्थ विवरण संकलन गर्ने जनाएको छ।
जसका लागि महानगरपालिकाभित्र ३२ वटै वडाहरूमा तथ्याङ्क सङ्कलन गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरू खटाइएको छ।
तथ्याङ्क सङ्कलनका लागि आउने सङ्कलकहरूलाई सही सूचना र विवरण उपलब्ध गराई आवश्यक सहयोग गर्न महानगरपालिकाको स्वास्थ्य विभागले आग्रह गरेको छ।