काठमाडौं- वीर ग्यास्ट्रो अपडेट २०२३ सम्पन्न भएको छ। नेशनल एकेडेमी अफ मेडिकल साइन्सेज(न्याम्स) वीर अस्पतालको ग्यास्ट्रो विभागले आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपालसहित भारत तथा स्यीट्जरल्यान्डबाट आएका विषय विज्ञहरूले पेट ग्याष्ट्रोइन्टेरोलोजी सम्बन्धी उपचारको नविनतम प्रयोग, अनुभव तथा नयाँ प्रविधिबारे विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए।
आयोजक कमिटीका अध्यक्ष डा अजित खनालका अनुसार कार्यक्रममा १६ जना नेपालका डाक्टरहरू, भारतका ५ जना र स्वीजरल्यान्ड बाट १ गरी २२ वटा पेट तथा कलेजो रोगसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो।
वीर अस्पतालका पूर्व निर्देशक तथा ग्याष्ट्रोइन्टेरोलोजिस्ट डा भुपेन्द्र बस्नेतले नयाँ ज्ञान, सिप र प्रविधिबारे शिक्षा लिने तथा यसबाट आम जनतालाई रोगको सहज पहिचान तथा गुणस्तरीय उपचार दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए।