काठमाडौं - सेवा स्पीच एण्ड हियरिङ क्लिनिकले नाक, कान, घाँटी शिविर सम्पन्न गरेको छ। क्लिनिकले छाबहाः बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा ललितपुरको छायबहालमा उक्त शिविर सम्पन्न गरेको हो।
शिविरमा करिब एक सय जना बिरामीको जाँच गरिएको छ। डा लिजन महर्जन र डा सुभाष चन्द्र मण्डलले ती बिरामीहरुको जाँच गरेका थिए।
ललितपुरको पुल्चोकस्थित अवस्थित सेवा स्पीच एण्ड हेयरिङ क्लिनिक दुई महिनादेखि सञ्चालित छ। यहाँ बोल्न र सुन्नमा समस्या भएका बालबालिका, वृद्धवृद्धा सहित सबै उमेर समूहका व्यक्तिको उपचार हुन्छ। यस क्लिनिकमा दुई जना वाक तथा श्रवण विशेषज्ञ अडियोलोजिस्ट कार्यरत छन्। सुनाई र बोलाई सम्बन्धी समस्याको सबै किसिमको उपचार यो सेन्टरमा हुन्छ। कान नसुन्ने, सुनाईमा समस्या भएका वृद्धवृद्धाहरु उपचारका लागि बढी आउने गरेका छन्।