काठमाडौं- कान्ति बाल अस्पतालमा फर्मुलरी कमिटी गठन गरिएको छ। निर्देशक डा युवानिधि बसौलाको अध्यक्षतामा विशेषज्ञ डाक्टर, नर्स तथा फार्मासिस्टसहितको १३ सदस्यीय फर्मुलरी कमिटी गरिएको हो।
जसको सदस्यहरुमा मेडिकल विभाग प्रमुख डा पंकज राय, प्रमुख अस्पताल नर्सिङ प्रशासक सहप्राध्यापक रोशनी लक्ष्मी तुईतुई, सर्जिकल विभाग प्रमुख डा बाल मुकुन्द बस्नेत, एनेस्थेसिया विभाग प्रमुख डा रेश्मा श्रेष्ठ, छाला रोग विभाग प्रमुख डा रौशन जहाँ, डेण्टल विभाग प्रमुख डा सोनी सुवेदी, प्याथोलोजी विभाग प्रमुख डा मोनी सुवेदी, विशेषज्ञ चिकित्क डा प्रकाश श्रेष्ठ, विशेषज्ञ चिकित्सक डा जगत जीवन घिमिरे , विशेषज्ञ चिकित्सक डा सुधिर सापकोटा, फार्मेसी अधिकृत सुजन नेपाल रहेका छन्।
यस्तै सदस्यसचिव डा कपिल पाण्डे रहेका छन्।