काठमाडौं- नेपालमा एक वर्षको अवधिमा छोराभन्दा छोरी कम संख्यामा जन्मिएका छन्। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा छोराभन्दा तीन प्रतिशत कम छोरीको जन्म भएको छ।
प्रतिवेदन अनुसार नेपालमा एक वर्षको अवधिमा कुल ४ लाख १२ हजार ९ सय ३५ जना बच्चाको जन्म भएको छ। जसमध्ये २ लाख १८ हजार ७४ जना अर्थात ५२.८ प्रतिशत छोरा र १ लाख ९४ हजार ८ सय ६१ अर्थात् ४७.२ प्रतिशत छोरीको जन्म भएको छ।
१ वर्षको अवधिमा जन्मेका बच्चाहरुमध्ये सबैभन्दा धेरै ३६.८ प्रतिशत बच्चाको जन्म २०–२४ बर्षका महिलाबाट भएको छ। त्यसपछि २९ दशमलव ७ प्रतिशत बच्चा २५ देखि २९ वर्षका आमाबाट र १५ दशमलव ३ प्रतिशत बच्चा ३० देखि ३४ वर्षका आमाबाट भएको छ। नेपालमा २० वर्षभन्दा कम उमेरका आमाले ९ प्रतिशत बच्चालाई जन्म दिएका छन्। यस्तै ४५ देखि ४९ वर्षका आमाले पनि १ प्रतिशतलाई जन्म दिएको प्रतिवेदनमा उल्लेख छ।
हेरौं विवरण