काठमाडौं- राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। जनगणनाको प्रतिवेदन अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। यसअघि सार्वजनिक प्रारम्भिक विवरणमा दुई करोड ९१ लाख ९२ हजार ४८० थियो।
केन्द्रीय तथ्यांक विभागले शुक्रबार अन्तिम नतिजा सार्वजनिक गर्दै प्रारम्भिकभन्दा केही कम रहेको जनाएको हो।
नेपालको १२औं चरणको जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिएको थियो। २०७८ मंसिर ९ गते मध्याह्न १२ बजेसम्म उक्त जनसंख्या नेपालमा रहेको बताइएको छ।
गएको १० वर्षमा २७ लाखले नेपालीको जनसंख्या बढेको बताइएको छ। पुरुषभन्दा महिला ६ लाख ५० हजार बढी रहेको बताइएको छ। जनसंख्या बृद्धिदर विकसित मुलुककै दाँजोमा रहेको बताइएको छ।