काठमाडौं– नेपालमा बालबालिकाहरुको जनसंख्या घट्दो क्रममा रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना अन्तिम तथ्यांकअनुसार बालबालिकाको संख्या गएको दशकभन्दा कम देखिएको हो।
सबैभन्दा धेरै १५ देखि १९ वर्षमा कुल जनसंख्याको धेरै प्रतिशत रहेको बताइएको छ। यसअघि १० देखि १४ वर्ष उमेरकाहरुले धेरै ओगटेका देखिएको थियो।
गएको दशकमा बच्चाबच्चीको संख्या ३५ प्रतिशतबाट घटेर २७ प्रतिशत रहेको बताइएको छ। अहिले पनि काम गर्ने उमेरकाहरुको संख्या ६१ देखि ६२ प्रतिशत रहेको पाइएको छ। वृद्धहरुको संख्या २ प्रतिशतले बढेको छ। ६० वर्ष भन्दा माथिकाहरुको संख्या यसअघि ८ प्रतिशत रहेकोमा अहिले १० पुगेको पाइएको छ।
बालबालिकाको संख्या घट्दो र वृद्धहरुको बढ्दो संख्याले भविष्यमा काम गर्नेको संख्या घट्ने देखिएको बताइएको छ। जसले आर्थिक क्रियाकलापमा शीथिलता आउने भएकाले त्यसलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने विज्ञहरुको सुझाव छ।