काठमाडौं- पाँचथरमा एकजना स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला परेका छन्। फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका हुन्।
बिहीबार करिब साढे १० बजेसम्म कार्यालयमा उपस्थित नभएपछि खोज्न जाँदा नगरपालिकाका कर्मचारीले मृत अवस्थामा फेला पारेका हुन्। कार्यालय नआएपछि फोन गर्दा नउठेपछि खोज्न कोठामै पुगेको नगरपालिकाका कर्मचारी सुजन बाँस्कोटाले जानकारी दिए।
धनकुटाको चौबीसे गाउँपालिका(१ बुधबारे घर भएका श्रेष्ठ फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा सहसंयोजकको जिम्मेवारीमा थिए। घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए।