काठमाडौं- केन्द्रीय कारागार अस्पतालमा मानसिक कक्ष, अस्पताल फार्मेसी, इमर्जेन्सी सेवा तथा एम्बुलेन्स सेवा थप गरिएको छ। गृह सचिव बिनोद प्रकास सिंहले अस्पतालमा ५ शय्याको इमर्जेन्सी, १० शय्याको मानसिक वार्ड, एम्बुलेन्स, तथा फार्मेसीको उद्घाटन गरेका हुन्।
गृह सचिव सिंहले केन्द्रीय कारागार अस्पतालमा रहेका वहिरंग विभाग, अन्तरंग विभाग, एक्सरेविभाग, प्रयोगशालाकक्ष, मानसिककक्ष,लगायतका सेवाको अवलोकन तथा निरीक्षण गरी उपलब्ध सम्पूर्ण सेवाहरुको बारेमा जानकारी लिएका थिए।
उनले कारागार अस्पतालको सुदृडीकरणका लागि गृह मन्त्रालयले उच्च प्राथमिकतामा राख्ने बताउदै सिमित स्रोत साधनका बिच अस्पतालले आवश्यक सेवा प्रदान गरेकोमा धन्यवाद दिए।
उक्त उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपेरिन्टेन्डेन्ट डा प्रकाश बुढाथोकीले अस्पतालको थप गरेका सेवाहरू, छिटै संचालन हुने स्वास्थ्य बिमा लगायतका विषयमा प्रकाश प्ररेका थिए।
कार्यक्रममा गृह मन्त्रालयका सहसचिव तथा प्रबक्ता जितेन्द्र बस्नेत, अस्पतालकी शाखा अधिकृत रमा घिमिरे, कारागार कार्यालय काठमाडौँका कारागार प्रशासक ललित बस्नेत नेपाल प्रहरी अनाश्रित गुल्म, जगन्नाथदेवलका प्रहरी अधिकृत, केन्द्रीयकारागार अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृतहरु, स्वास्थ्यकर्मीहरु, प्रशासनमा कार्यरत कर्मचारीहरु लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो।