काठमाडौं- नेपाल डेन्टल एशोसिएसन मोरङ शाखाले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सचेतना मुलुक र्यालीको आयोजना गरेको छ।
साथै मुख स्वास्थ्यका लागि जनमानसमा सचेतना जगाउने अभियान अन्तर्गत नियमित चेक जाँचको लागि प्रोत्साहन गर्न सप्ताहव्यापी रुपमा यो दिवस मनाउने भएको छ।
जस अन्तरगत चैत ६ देखि चैत्र १२ सम्म मोरङ् जिल्लाभरका दन्त चिकित्सकद्वारा सन्चालित क्लिनिक तथाअस्पताल हरूमा ६० वर्ष माथिका व्यक्तिलाई निःशुल्क परिक्षण पनि गरिने बताइएको छ।