काठमाडौं– नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार नेपालमा दन्त चिकित्सा सेवा तर्फका ५ हजार १५४ डाक्टर दर्ता छन्। दन्त चिकित्सा सेवामा तर्फ स्नातक तह (बिडएस) अध्ययन गरेका ४ हजार ४१३ र स्नातकोत्तर तह एमडिएस वा सो भन्दा माथी अध्ययन गरेका ७४१ जना चिकित्सक रहेका छन्।
स्नातकोत्तर तहमा १३ विधाका दन्त रोग विशेषज्ञहरु काउन्सिलमा दर्ता छन्। जसमा एमडिएसमा २३१, कम्युनिटी डेन्टिस्ट्रीमा ६, कन्जरभेटिभ डेन्टिस्ट्री एन्ड इन्डोडोन्टिक्समा ६६, ओरल एण्ड म्याक्जिलोफेसियल सर्जरीमा ८८, ओरल मेडिसिन एण्ड रेडियोलोजी १२, ओरल प्याथोलोजीमा १५, ओरल साइन्समा २, अर्थोडोन्टिक्समा १३२, पेडोडोन्टिक्समा ३३, पेरियोडोन्टिक्समा ५८, प्रोस्थोडोन्टिक्समा ९१, पब्लिक हेल्थ डेन्टिस्ट्रीमा ६ र फरेन्सिक ओडोन्टोलोजीमा एकजना विशेषज्ञ चिकित्सक रहेका छन्।
नेपालमा हाल बिडिएस तर्फ विभिन्न कलेजमा ५६० सिट अध्ययनका लागि तोकिएको छ। नेपालमा विदेशका कलेजमा पढेर फर्केनहरु पनि छन्।