मोरङ– विराटनगर नर्सिङ क्याम्पस स्ववियुमा सचिवबाहेकको पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छिन्।
पौडेलले ९७ मत ल्याएकी छिन्। उनले नेविसंघकी उम्मेदवार स्मारिका बरालको भन्दा १९ मत बढी ल्याएकी छिन्। बरालले ७८ मत पाएकी छिन्।
सचिवमा नेविसंघकी एलिसा राउत १ सय ६ मतसहित निर्वाचित भएकी छन्। सचिवमा अनेरास्ववियुकी उम्मेदवार मनीषा श्रेष्ठले ६८ मत ल्याएकी छिन्।
कोषाध्यक्षमा अनेरास्ववियुकी रुचिका ओझाले ९६ मत ल्याएर जित हासिल गरेकी छिन्। नेविसंघकी स्वस्तिका न्यौपानको ७६ मत आएको छ।
सदस्य प्रत्यक्षतर्फ अनेरास्ववियुका उम्मेदवार स्मृति ज्ञवाली, मेलिना राई र योगिना कटवाल विजयी भएका छन्।
१ सय ८६ मतदाता रहेको क्याम्पसमा १ सय ८० जनाले मतदानमा सहभागिता जनाएका थिए।